चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने १० बुँदे सुझाव गृहमन्त्रीलाई बुझायो

काठमाडाैं | पुस २०, २०७९

चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने  १० बुँदे सुझाव गृहमन्त्रीलाई बुझायो

काठमाडौंः    पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल चेम्बर कमर्सले  काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको छ ।


नेपाल चेम्बर अफ कमर्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा भारतसँगको खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको हो ।


गृहमन्त्री लामिछानेसँगको भेटमा चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबारहरु भइरहेका छन् । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्व समेत गुमाइ रहेको छ ।’


‘खुल्ला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकिरहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने छ’ सुझावमा भनिएको छ ।


नेपाल(भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए ।


चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ रहेको चेम्बरले जनाएको छ ।


चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने लगायत विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ ।

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

थप पढ्नुहोस्

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्